News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्दा उठाउने आरोपमा शम्भुप्रसाद जैसी पक्राउ परेका छन् ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैतडीका ४० वर्षीय जैसीलाई बिजुलीबजारबाट पक्राउ गरेको हो ।
- प्रहरीका अनुसार उनले व्यवसायीहरूलाई धम्कीपूर्ण फोन गरी चन्दा आतंक फैलाएको र उजुरीपछि पक्राउ गरिएको हो ।
९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–३ घर भएका ४० वर्षीय शम्भुप्रसाद जैसी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिजुलीबजारबाट पक्राउ गरेको हो । पार्टीलाई आर्थिक सहयोग भन्दै व्यवसायीहरूलाई धम्कीपूर्ण फोन गर्दै चन्दा आतंक फैलाएको प्रहरीले जनाएको छ ।
चन्दाको धम्की आएपछि व्यवसायीहरूले लिखित उजुरी नै दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4