+
+
Shares

नारायणगढ–पोखरा सवारी आवागमन खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन प्रशासनले नारायणगढ–मुग्लिन खण्डको पहिरो हटाएर नारायणगढ–पोखरा सवारी आवागमन आज मध्याह्नदेखि खुला गरेको छ।
  • धादिङ खण्डका सात ठाउँमा पहिरो झरेकाले नारायणगढ–काठमाडौं आवागमन भने अझै रोकिएको छ।
  • धादिङ प्रहरीले केही ठाउँमा पहिरो पन्छाइसकेको र केही ठाउँमा पन्छाउने काम जारी रहेको जनाएको छ।

९ असोज, काठमाडौं । चितवन प्रशासनले नारायणगढ–पोखरा सवारी आवागमन खुला गरेको छ ।

नारायणगढ–मुग्लिन सडखण्डमा झरेको पहिरो हटाएर पोखरातर्फको यात्रा खुला गरिएको हो । आज मध्याह्नदेखि नारायणगढबाट पोखराका लागि सवारी साधनहरु जान थालेका छन् ।

तर नारायणगढ–काठमाडौंको यात्रा भने बन्द नै गरिएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले नारायणगढबाट मुग्लिन हुँदै काठमाडौंतर्फ आउ–जाउ गर्न रोक लगाइएको छ ।

वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?