+
+
Shares

राजमार्ग बन्दले काठमाडौंमै रोकिए गाडी (तस्वीरहरू)

अहिले बल्खुदेखि कलंकीसम्मको सडकमा लस्करै बस तथा सडकहरू लाइन लागेका छन् । वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असोज ९ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षाका कारण धादिङ खण्डका सात ठाउँमा पहिरो खसेपछि काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीलाई कलंकीबाटै प्रवेशमा रोक लगाइएको छ।
  • कलंकीदेखि बल्खुसम्म सवारीसाधनको लामो लाइन लागेको छ भने कतिपय ठाउँमा पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ।
  • बीपी राजमार्ग र कान्तिलोकपथ पनि ठाउँठाउँमा पहिरो खसेपछि बिहानैदेखि बन्द छन्।

९ असोज, काठमाडौं । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरूलाई कलंकीदेखि नै प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौं–नारायणगढ सडकको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौंबाट बाहिरिने ठूला सना सवारीलाई कलंकीबाटै प्रवेशमा रोक लगाइएको हो ।

अहिले बल्खुदेखि कलंकीसम्मको सडकमा लस्करै बस तथा सडकहरू लाइन लागेका छन् । वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ ।

कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू गुड्न सकेका छैनन् । वर्षा नरोकिएका कारण सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सवारी सञ्चालनमा रोक लगाएका छन् ।

कलंकी क्षेत्रमा लावालस्कर सवारीका केही तस्वीरहरू–

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?