News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं–हेटौंडा जोड्ने त्रिभुवन राजपथमा सवारीको चाप बढेपछि मकवानपुर प्रशासनले नयाँ समयतालिका लागू गरेको छ ।
- हेटौंडाबाट काठमाडौं जाने सवारीले शुक्रबार बिहान १० देखि २ बजेसम्म र शनिबार बिहान ४ देखि ८ बजेसम्म चौकी टोलाबाट प्रवेश गर्नुपर्ने छ ।
- काठमाडौंबाट हेटौंडा जाने सवारीले शुक्रबार साँझ ७ देखि ११ बजेसम्म र शनिबार दिउँसो १ देखि ५ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट प्रवेश गर्नुपर्ने छ ।
- इन्धन र एलपी ग्यासबाहेकका १० चक्के लामा तथा १५ टनभन्दा बढी मालवाहक सवारीलाई राजपथमा पूर्ण रूपमा निषेध गरिएको छ ।
- यात्रुवाहक सवारीसाधनका हकमा ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न सक्ने प्रशासनले जनाएको छ ।
९ असोज, काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथमा सवारीको चाप बढेपछि गाडी सञ्चालन गर्नेबारे नयाँ व्यवस्था लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै भारी वर्षाका बीच त्रिभुवन राजपथमा सवारीको चाप बढेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागु गरेको जनाएको छ ।
प्रशासनको सूचना अनुसार आजका लागि त्रिभुवन राजपथ भएर हेटौंडा हुँदै काठमाडौं जाँदा चौकी टोलाबाट बिहान १० बजेदेखि २ बजेसम्म प्रवेश गरिसक्नु पर्ने छ ।
शनिबारका लागि बिहान ४ बजेदेखि बिहान ८ बजेसम्म र राति ११ बजेदेखि बिहान २ बजेसम्म चौकी टोलाबाट प्रवेश गरिसक्नुपर्ने छ ।
त्रिभुवन राजपथ प्रयोग गरी काठमाडौंबाट हेटौंडा जाँदा शुक्रबारका लागि साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्ने छ ।
शनिबारका लागि भने दिउँसो १ बजेदेखि साँझ ५ बजे तथा आइतबारका लागि बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्ने छ ।
मालबाहक सवारी साधनको हकमा अर्को व्यवस्था नभएसम्मका लागि इन्धन तथा एलपी ग्यास बोकेका बाहेक अन्य १० चक्के लामा र १५ टन भन्दा बढी भारका मालवाहक सवारी साधनहरूलाई उक्त सडक खण्डमा पूर्णरूपमा निषेध गरिएको छ ।
यात्रुवाहक सवारी साधनका हकमा ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्र उक्त राजपथ प्रयोग गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया 4