९ असोज, काठमाडौं । सुर्खेतमा नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी अधिवेशन स्थगित भएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले प्रतिकूल मौसमका कारण अधिवेशन स्थगित गरेको हो ।
निर्वाच्न अधिकृत उत्तमप्रसाद आचार्यले शनिबारका लागि निर्धारित प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन (क्षेत्रीय) स्थगित गरिएको जानकारी दिए ।
प्रतिकूल मौसम, केन्द्रीय निर्वाचन समितिसँगको समन्वय र जिल्ला कार्यसमितिको पदाधिकारी बैठकको निर्णयका आधारमा क्षेत्रीय अधिवेशन स्थगित गरिएको उनले बताए ।
निर्वाचन अधिकृत आचार्यले क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम आइतबार प्रकाशन गरिने पनि बताएका छन् ।
लगातारको वर्षाका कारण विभिन्न जिल्लाका कांग्रेसका निर्वाचन अधिकृतहरूले क्षेत्रीय अधिवेशनहरू स्थगित गरिरहेका छन् ।
प्रतिक्रिया 4