+
+
Shares

गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो

गुल्मीको मुसिकोट नगरपालिका–२ झरुवामा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १४:०९

१० असोज, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ झरुवामा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ ।

शनिबार  बिहान करिब ८ बजे अमरबहादुर कुमालको ढुंगा–माटोले बनेको दुई तले घरको पछाडिको भाग पहिरोले पुरिएको हो ।

घरअगाडिको ढिस्कोसमेत खसेपछि घर पूर्ण जोखिममा परेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी वामीटक्सारबाट प्रहरी सहायक निरीक्षक प्रदीप कार्कीको कमान्डमा खटिएको टोलीले घरमा रहेका मानिस तथा सरसामानलाई सुरक्षित स्थानमा सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?