+
+
Shares

विपद्‌मा परेर चार दिनमा १५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्‌बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
  • विपद्मा बागमतीमा ३, लुम्बिनीमा ४, गण्डकीमा ५, कर्णालीमा २ र मधेसमा १ जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन् ।
  • बाढी, पहिरो तथा डुबानमा परेका १ हजार २८४ जनाको उद्धार गरिएको छ ।

११ असोज, काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्‌बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ ।

विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ । अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?