१२ असोज, काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले घटेको हो ।
शुक्रबारको तुलनामा हिजो आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4