+
+
Shares

चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी आजै ब्लास्ट गरेर खोल्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
  • जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गर्ने निर्णय गरी नेपाली सेनाको विस्फोट प्राविधिक टोलीलाई बोलाउने निर्णय गरेको कृष्णप्रसाद पौडेलले बताए ।
  • आइतबार ठाडो र घट्टे खोलामा आएको बाढी तथा पहिरोले कटान र क्षति पुर्‍याएपछि स्थानीयहरू जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका थिए ।

१२ असोज, काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ ।

उनले अनलाइनखबरसँग भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गर्ने निर्णय गरेको छ । यसका लागि नेपाली सेनासँग अनुरोध गर्ने निर्णय भएको छ । काठमाडौंबाट सेनाको विस्फोट गर्ने प्राविधिक टोली आएर थुनिएको नदी विस्फोट गरेर आजै खोल्ने तयारी छ ।’

उनका अनुसार विस्फोटका लागि आवश्यक पदार्थ मनाङकै स्थानीय तहसँग छ ।

आइतबार ठाडो खोला र घट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्‍याएको थियो । आइतबार साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो ।

मर्स्याङ्दी नदी थुनिएपछि स्थानीयहरू डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका थिए ।

मौसम खुलेसँगै चामेवासीहरू आज बिहानै घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?