+
+
Shares

एमाले सांसदको प्रश्न– बिनाप्रमाण पक्राउ गर्नु सुशासन हो कि निरंकुशता ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले कर्णालीसहितका क्षेत्रमा प्राकृतिक विपद्बाट भएको धनजन क्षतिप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गरिन्।
  • प्रतिनिधि सभामा उनले सरकारले नागरिकलाई सुतकै घरबाट ‘अपहरण शैली’मा पक्राउ गर्ने र प्रमाणबिना छोड्ने कार्यशैलीप्रति प्रश्न उठाइन्।
  • बरालले यस्तो पक्राउ शैलीले आम नागरिकमा त्रास फैलिएको र आफूलाई पनि सरकारले सुतकै ठाउँमा पक्राउ गर्न आउँछ कि भन्ने डर लागेको भनिन्।

१२ असोज, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले देशका विभिन्न स्थानमा भइरहेको प्राकृतिक विपद्को क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रहरीको पछिल्लो पक्राउ शैलीप्रति सरकारको आलोचना गरेकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद बरालले कर्णाली लगायतका क्षेत्रमा प्राकृतिक विपद्‌बाट भएको धनजनको क्षतिप्रति गहिरो श्रद्धाञ्जली र समवेदना व्यक्त गरिन् ।

साथै, उनले सरकारको सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइन् ।

सुतकै घरबाट नागरिकलाई ‘अपहरण शैली’मा पक्राउ गर्ने र पर्याप्त प्रमाणबिना केही दिनमै छोड्ने सरकारी संयन्त्रको कार्यशैलीमाथि उनले आपत्ति जनाइन् ।

‘राज्यले अपहरण शैलीमा नागरिक सुतकै ठाउँमा गएर पक्राउ गर्ने, अनि १२ दिन नपुग्दै बिनाप्रमाण जेलमा राखेर बाहिर ल्याउने ? यो अहिलेको सुशासन हो कि निरंकुशता ? यदि नागरिक दोषी नै हुन् भने किन पक्राउ गरिन्छ ? अनि किन छोडिन्छ ? यो के शैली हो? मलाई यसको जवाफ चाहिन्छ,’ उनले भनिन् ।

सांसद बरालले यस्तो कार्यशैलीले आम नागरिकमा त्रास फैलाएको भन्दै आफूलाई पनि ‘सुतकै ठाउँमा सरकार पक्राउ गर्न आउँछ कि’ भन्ने डर लाग्न थालेको टिप्पणी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?