+
+
Shares

एनपीएल हुनुअघि नै एक्स्ट्रिम इनर्जी ड्रिंकको एक्टिभेसन सुरु

एनपीएल सिजन–३ मा सहभागी ८ टोलीमध्ये ७ को प्रायोजक रहेको एक्स्ट्रिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक्स्ट्रिम इनर्जी ड्रिंकले एनपीएल सिजन–३ सुरु हुनुअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको छ ।
  • एक्स्ट्रिमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ ।
  • कम्पनीले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ र टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साह व्यापक बनाइरहेको जनाएको छ ।

१२ असोज, काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिन (एनपीएल) सिजन–३ सुरु हुनुअघि नै उत्सवमय बनाउन विशेष एक्टिभेसन सुरु गरेको छ ।

एनपीएल सिजन–३ मा सहभागी ८ टोलीमध्ये ७ को प्रायोजक रहेको एक्स्ट्रिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको जनाएको छ ।

एनपीएलका खेल हुने मुख्यस्थल बाहिरै समर्थकलाई टोलीको उत्साहसँग जोड्ने उद्देश्यले तयार गरिर्एका यी गेटमा सम्बन्धित टोलीको पहिचान र एक्स्ट्रिमको ब्रान्डिङलाई प्रस्तुत गरिएको छ ।

एनपीएल सुरु हुनुअघि नै यसखालको एक्टिभेसन सुरु गर्ने पहिलो ब्रान्ड एक्स्ट्रिम रहेको कम्पनीले जनाएको छ ।

एक्स्ट्रिमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ ।

योसँगै एक्स्ट्रिमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापन मार्फत एनपीएलको उत्साह थप व्यापक बनाउँदै लगेको छ । एनपीएल सिजन–३ कात्तिक ९ देखि मंसिर ५ सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?