+
+
Shares

म्यानमामा बाढी र पहिरोबाट १० जनाको मृत्यु, ३० जना बेपत्ता

भारी वर्षाका कारण टानिन्थारी क्षेत्रका विभिन्न टाउनसिपमा बाढी र पहिरो आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानमाको दक्षिणी टानिन्थारी क्षेत्रमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ७ देखि १० जनाको मृत्यु र २० देखि ३० जना बेपत्ता भएको आशंका गरिएको छ।
  • उद्धारकर्मीहरूले सडक अवरुद्ध भएका गाउँमा पैदल पुगेर सयौँ विस्थापितलाई स्थानीय मठमन्दिरका अस्थायी आश्रयस्थलमा पुर्‍याएका छन्।
  • थाइल्यान्डको राजधानी बैंककमा करिब ४८ घण्टा लगातार परेको वर्षापछि बाढीले ४ हजार ९०० जनालाई सुरक्षित स्थानमा सारिएको र ५२ हजार घरपरिवार प्रभावित भएको छ।

१२ असोज, दावेई, म्यानमा (रासस/एएफपी)। म्यानमाको दक्षिणी टानिन्थारी क्षेत्रमा शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । प्रारम्भिक विवरणअनुसार ७ देखि १० जनासम्मको मृत्यु भएको हुन सक्ने र २० देखि ३० जना बेपत्ता रहेको बताइएको छ ।

भारी वर्षाका कारण टानिन्थारी क्षेत्रका विभिन्न टाउनसिपमा बाढी र पहिरो आएको छ । केही गाउँमा सडक अवरुद्ध भएपछि पैदल मात्र पुग्न सकिने अवस्था रहेको उद्धारकर्मीहरूले बताएका छन् ।

स्वयंसेवी संस्था दावेई जाबुथिरी इमर्जेन्सी मेडिकल सर्भिसका अध्यक्ष म्यो मिनका अनुसार उद्धार टोलीले सयौँ विस्थापितलाई स्थानीय मठमन्दिरमा बनाइएका अस्थायी आश्रयस्थलमा पुर्‍याएका छन् ।

उनका अनुसार अहिलेसम्म हताहतको आधिकारिक पुष्टि भएको छैन । उद्धार तथा राहत टोलीले प्रभावित क्षेत्रको अवस्था पूर्ण रूपमा मूल्याङ्कन गर्न नसकेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

म्यानमामा जारी गृहयुद्धका कारण उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ । द्वन्द्वका कारण प्राकृतिक विपद्बाट भएको क्षतिको वास्तविक विवरण संकलन गर्न मानवीय सहायता संस्थाहरूलाई समेत कठिनाइ हुने गरेको छ ।

यसैबीच, छिमेकी थाइल्यान्डको राजधानी बैंकक पनि भारी वर्षाका कारण बाढीबाट प्रभावित भएको छ । करिब ४८ घण्टासम्म परेको लगातार वर्षापछि घर, पसल र सडक जलमग्न भएका थिए ।

बैंकक महानगर प्रशासनका अनुसार करिब चार हजार ९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजार घरपरिवार बाढीबाट प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?