+
+
Shares

तीन वटा क्रेन लगाएर निकाल्न थालियो नारायणी पुलमा अड्किएको क्रुजसिप

हिजो साँझ नदीमा आएको भीषण बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाएर पुलमा लगेको थियो । पुलको गैडाकोटतर्फको भागको पिलरमा क्रुज अड्किएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणी नदीको बाढीले पुलमा अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ ।
  • हिजो साँझ आएको भीषण बाढीले होटल रिभर क्राउन अगाडिबाट बगाएर क्रुजलाई नारायणी पुलको गैँडाकोटतर्फको पिलरमा अड्काएको थियो ।
  • तीन तले क्रुज अड्किँदा पुल भत्कने जोखिम बढेको र कम्पनीले दुईवटा २० एमएमका टुचिन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाँधिएको दाबी गरेको छ ।

१२ असोज, काठमाडौं । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ ।

सकभर क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिएको प्रशासनले जनाएको छ ।

तीनवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फको भागमा नै लैजाने प्रयास गरिएको हो ।

हिजो साँझ नदीमा आएको भीषण बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाएर पुलमा लगेको थियो । पुलको गैडाकोटतर्फको भागको पिलरमा क्रुज अड्किएको थियो ।

तीन तले क्रुज पुलको पिलरमा अड्किदा पुल नै भत्कने सक्ने जोखिम  बढेको थियो ।

राइनोज क्रुजसिपलाई रुखमा टुचिन लगाएर बाँधेको तर ठूलो बाढीले टुचिन नै चुडाएको कम्पनीको दाबी छ ।

क्रुजसिप राखिएको ठाँउमा दुईबाट रुखहरू आएर अड्किएर ठेल्दा टुचिन चुँडिएका थिए । २० एमएमका दुईवटा टुचिन अर्न्तराष्ट्रिय मापदण्ड अनुसार नै बाँधिएको कम्पनीको दाबी छ ।

क्रुजको तौल ७० टनभन्दा बढी छ । तर, तौरिरहेको अवस्थामा तौल निकै कम हुने कम्पनीको भनाइ छ । डेढ बर्ष अगाडि मात्रै क्रुजलाई नारायणी पुलभन्दा माथि ल्याइएको थियो ।

क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजमा एकैपटकमा १८० जनासम्म यात्रु अटाउन सक्ने क्षमता थियो । झण्डै १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?