१२ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ सम्म कर्णाली प्रदेशमा हुँदैछ । शिक्षा तथा खेलकुद मन्त्रालयले यसअघि नै दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरिसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश गर्ने निर्णय गरेको छ । यसअघि २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेल र २ वटा प्रदर्शनी खेल समावेश गरिएको थियो ।
यसअघि ट्राईथेलेन र प्याराग्लाइडिङ जस्ता खेलहरूलाई हटाइएको छ भने यसअघि समावेश नभएको ईस्पोर्ट्सलाई यसपटक थपिएको छ ।
दशौं राष्ट्रिय खेलकुदमा समावेश खेलहरू :
आर्चरी
एथलेटिक्स
ब्याडमिन्टन
बास्केटबल
शारीरिक सुगठन
बक्सिङ
बुद्धिचाल
क्रिकेट
साइकलिङ
फुटबल
फुल कन्ट्याक्ट कराते
जिम्न्यास्टिक
ह्यान्डबल
हक्की
आई.टी.एफ. तेक्वान्दो
जुडो
कबड्डी
कराते
खो–खो
रग्बी ७ ए साइड
सुटिङ
स्क्वास
पौडी
टेबल टेनिस
तेक्वान्दो
टेनिस
भलिबल
भारोत्तोलन
कुस्ती
उसु
ई–स्पोर्ट्स
सेपाकताक्रो
प्रतिक्रिया 4