१२ असोज, काठमाडौं । ग्रेट वाल मोटर्स (जीडब्लूएम) नेपालले दसैंतहार लक्षित गर्दै विद्युतीय एसयूभी खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ दिने गरी ‘जीडब्लूएम फेस्टिम अफ–गो विथ मोर’ योेजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत जीडब्लूएमको ओरा–५ ईभी खरिद गर्ने ग्राहकले २ लाख रुपैयाँसम्म र हाभाल जोलियन म्याक्स ईभी खरिद गर्दा ३ लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अफरमा नि:शुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर तथा एसेसरिज समावेश छन् । यसबाहेक ग्राहकले नगद छुट, आकर्षक एक्स्चेन्ज भ्यालु र फाइनान्सिङ सुविधा समेत पाउनेछन् । यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्त अनुसार उपलब्ध हुनेछन् ।
जीडब्लूएम नेपालका अनुसार ओरा–५ ईभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटी लक्षित गरिएको मोडेल हो ।
प्रविधिमैत्री इन्टेरियर तथा आधुनिक डिजाइन रहेको यो मोडेलले नेपाली बजारमा ग्राहकको चासो बढाउँदै आएको कम्पनीको दाबी छ ।
ओरा–५ ले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवार्ड्स अन्तर्गत ‘फ्यामिली कार’ विधामा उत्कृष्ट इन्टेरियर डिजाइन अवार्ड समेत प्राप्त गरेको कम्पनीले जनाएको छ ।
त्यस्तै हाभाल जोलियन म्याक्स ईभीमा एसयूभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ । यो मोडेल नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।
कम्पनीले ‘गो विथ मोर’ अभियान मार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ । नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएकाले आफ्नो ईभी पोर्टफोलियो विस्तार गर्दै आएको पनि कम्पनीको भनाइ छ ।
जीडब्लूएमका लागि भीजी इम्पेक्स प्रालि नेपालमा आधिकारिक आयातकर्ता तथा वितरक हो । कम्पनीका अनुसार अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरबाट उपलब्ध हुनेछ ।
ग्राहकले सम्बन्धित शोरुम पुगेर अफर, एक्स्चेन्ज तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4