+
+
Shares

बैंकिङ कसुरमा डोल्पाका एक वडाध्यक्ष पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते २०:३६

१२ असोज, डोल्पा । बैंकिङ कसुर मुद्दामा डोल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

थापा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रहरीका अनुसार जिल्ला अदालत डोल्पाबाट बैंकिङ कसुर मुद्दामा थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिइको हो । उनलाई डोल्पा जिल्ला अदालतमा उपस्थित गराएर ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?