+
+
Shares

जिल्ला प्रशासन कार्यालय सल्यानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन

प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीका अनुसार सेवाग्राहीको आवश्यकता हेरेर सहायता कक्षलाई थप व्यवस्थित र विस्तार गरिनेछ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ७:२९

१३ असोज, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीका लागि ‘नागरिक सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ।

कक्षबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवाका फाराम भर्ने, कागजात फोटोकपी, स्क्यान, इमेल तथा प्रिन्ट सेवा निःशुल्क उपलब्ध गराइँदैछ।

यसअघि कार्यालयबाहिरका पसलमा शुल्क तिरेर लिनुपर्ने सेवा कार्यालय परिसरमै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीलाई सहज भएको छ।

प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीका अनुसार सेवाग्राहीको आवश्यकता हेरेर सहायता कक्षलाई थप व्यवस्थित र विस्तार गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?