काठमाडौं, १३ असोज । एसियन गेम्सअन्तर्गत टेनिसको पुरुष सिंगल्समा नेपालका अभिषेक बाँस्तोला र प्रदीप खड्का दोस्रो चरणबाट बाहिरिएका छन् ।
हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको दोस्रो चरणको खेलमा अभिषेक कजाखस्तानका अलेक्जान्दर शेभचेन्कोसँग सोझो सेटमा पराजित भए । अभिषेकले दुवै सेट ६–२ ले गुमाए ।
यस्तै, प्रदीप थाइल्यान्डका कासिदित सामरेजसँग ६–२, ६–२ को समान सेटमा पराजित भए ।
पुरुष सिंगल्समा अभिषेक र प्रदीप दुवैको यात्रा दोस्रो चरणमै टुंगिएको हो ।
तर पुरुष डबल्समा भने अभिषेक बाँस्तोला र प्रदीप खड्काको जोडी दोस्रो चरणमा प्रवेश गरिसकेको छ।
पहिलो चरणमा मंगोलियाका बद्राख मुन्खबाटार र जोलबदार उर्नुखलाई पराजित गर्दै नेपाली जोडीले दोस्रो चरणमा स्थान बनाएको थियो।
प्रतिक्रिया 4