+
+
Shares

प्रेरणादायी रचना : एकातिर लोभलाग्दो सांगीतिक करिअर, अर्कोतिर संगीतमै स्नातक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १२:३२

काठमाडौं । रचना रिमाल अहिलेकी सबैभन्दा ब्यस्त र डिमान्डेड गायिकामध्ये एक हुन् । देश तथा विदेशका सांगीतिक कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ छ ।

संगीत करिअरमात्र होइन, रिमालले औपचारिक अध्ययनलाई पनि सँगै अघि बढाएकी छन् । उनले यसैसाता रत्नराज्य क्याम्पसबाट संगीत र राजनीति शाष्त्र (मानविकी)मा स्नातक तह उत्तीर्ण गरेकी छन् ।

अहिलेका अधिकांश कलाकारले करिअर र अध्ययनलाई सन्तुलन मिलाएर अघि बढाउन नसकिरहेको बेला, रिमालको यो कार्य प्रेरणादायी र अनुकरणीय देखिन्छ । रचनाले प्रशंसकलाई खुसीको खबर साझा गरेकी छन् ।

उनी भन्छिन्- ‘मेरो आफ्नै कर्मसँगै संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदा पनि पढाइलाई बीचमै नछोड्ने, जति व्यस्त भए पनि आफ्नो अध्ययन पूरा गर्ने अठोट गरेकी थिएँ । त्यो अठोटलाई अन्ततः पूरा गर्न सफल भएकी छु ।’

रचना लेख्छिन्- ‘आज मैले संगीत र राजनीतिशास्त्रमा स्नातक तहका चारै वर्ष सफलतापूर्वक उत्तीर्ण गरेकी छु । यो मेरो लागि केवल एउटा शैक्षिक उपलब्धि मात्र होइन, आफ्नो सपना र जिम्मेवारीलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विश्वासको एउटा सुन्दर परिणाम पनि हो ।’

प्रशंसकको साथ र विश्वास आफ्ना लागि ठूलो शक्ति बनेको उल्लेख गर्दै रचनाले आफ्नो यात्र यहीँ समाप्त नभएको र आगामी दिनमा पनि संगीतकर्मसँगै पढाइलाई निरन्तरता दिने सोच रहेको बताएकी छन् । ‘आजको यो खुसी मसँग जोडिनुभएका सबैलाई बाँड्न चाहन्छु’ उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?