+
+
Shares

अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली लगानी बढ्दै, खोलियो एकै ठाउँ दुई होटल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १२:३४

१३ असोज, काठमाडौं । नेपाली व्यवसायीहरूको लगानीमा अमेरिकाको नर्थ क्यारोलाइनाको मेबेनमा नयाँ होटल सञ्चालनमा आएको छ ।

मेबेनको २९० लोब्स बुलेभार्डमा ‘लाकिन्ता इन एन्ड सुइट्स बाइ विन्डह्याम’ र ‘हथ्रोन एक्स्टेन्डेड स्टे बाइ विन्डह्याम’ एउटै परिसरमा सञ्चालनमा आएका हुन् । दुवै होटल एउटै ठेगानामा रहे पनि छुट्टाछुट्टै भवनमा सञ्चालनमा छन् । लाकिन्ता बिल्डिङ ए र हथ्रोन बिल्डिङ बीमा सञ्चालनमा छन् ।

मेबेन नगरको योजनासम्बन्धी कागजातअनुसार परियोजनाको एउटा होटल भवन चारतले र १०३ कोठाको हुने गरी स्वीकृत गरिएको थियो । योजनामा अर्को होटल भवनमा ८० कोठा रहने उल्लेख छ ।

२४ सेप्टेम्बर २०२६ मा आयोजित औपचारिक समारोहमा होटल उद्‍घाटन गरिएको हो । साझेदारहरूको प्रतिनिधित्व गर्दै सुमित सञ्जेल, सुधीर मरहठ्ठा र राधेश पण्डितले होटल उद्‍घाटन गरेका हुन् ।

होटलका एक साझेदार राधेश पण्डितका अनुसार जग्गा खरिददेखि योजना, अनुमति, निर्माण र उद्‍घाटनसम्म आइपुग्न लामो समय लागेको हो । यो लगानीकर्ता समूहको स्वामित्व तथा सञ्चालनमा रहेको आठौं होटल हो ।

अर्का लगानीकर्ता सुमित सञ्जेलले लामो यात्रापछि होटलको औपचारिक उद्‍घाटन गर्न पाउँदा खुसी लागेको बताए ।

उनका अनुसार होटल व्यवस्थापन समूहले राम्रो काम गरिरहेको छ र पाहुनाबाट पनि उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?