+
+
Shares

६५० लिटर घरेलु मदिरा र कच्चा पदार्थसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १२:४२

१३ असोज, काठमाडौं । ६५० लिटर घरेलु मदिरा र मदिरा बनाउन बनाउने ४ हजार लिटर झोल पदार्थसहित २ जना काठमाडौंमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे घर भएका मदन तामाङ र समीर तामाङ छन् ।

उनीहरुलाई प्रहरी वृत्त थानकोट र आन्तरिक राजश्व कार्यालय कलंकीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा रहेको टहरोमा अवैध घरेलु मदिरा उत्पादन गर्ने गरेको प्रहरीले बताएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय कलंकी पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?