+
+
Shares

सर्वोच्च पुगेर आईजीपीले प्रधानन्यायाधीशसँग गरे पौने घण्टा छलफल

सर्वोच्च स्रोतले दिएको जानकारी अनुसार, दिउँसो करिब ४ बजेति महानिरीक्षक कार्की सर्वोच्च अदालत पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १९:५७

१३ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भेट गरेका छन् । महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मासँग भेट्नका लागि मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च स्रोतले दिएको जानकारी अनुसार, दिउँसो करिब ४ बजेतिर महानिरीक्षक कार्की सर्वोच्च अदालत पुगेका थिए । उनीहरूबीच प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा करिब पौने घण्टा भेटवार्ता भएको स्रोतले बताएको छ ।

यद्यपि, उनीहरूबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।

प्रहरीले यसअघि पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै रातारात घरबाट प्रहरी चौकी पुर्‍याएको थियो । सरकारले पनि चोलेन्द्रमाथि थ्रेट बढेकाले रेस्क्यू गरेको बताएको छ ।

यद्यपि, जबरालाई आइतबार १० घण्टा नियन्त्रणमा राखिएको विषयमा सर्वोच्चको फुलकोर्ट बैठकले समेत आपत्ति जनाएको थियो ।

फुलकोर्टले उक्त विज्ञप्ति जारी गरेपछि प्रहरीका आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग भेट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?