+
+
Shares

मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य : आईजीपी कार्की

मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य रहेको आईजीपी दानबहादुर कार्कीले बताएका छन्  ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य रहेको बताए ।
  • मानव बेचबिखनको बदलिँदो स्वरूपलाई सम्बोधन गर्न सुरक्षा निकाय र नागरिक समाजबीच समन्वय आवश्यक रहेको उनले बताए।
  • तस्करीका नयाँ चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले सूचना संकलन प्रणाली र सीमा क्षेत्रको निगरानीलाई उच्च प्राथमिकता दिएको कार्कीले बताए ।

१२ साउन, काठमाडौं । मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन्  ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा  जिम्मेवारी’ कार्यक्रममा बोल्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएको उल्लेख गरे । यसको नियन्त्रणको लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, संचारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीचको सचेतना, सूचना आदानप्रदान, समन्वयात्मक उद्धार तथा अनुसन्धान एवं अन्तर्राष्ट्रिय सहकार्यमा आधारित एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य रहेको बताए ।

आईजीपी कार्कीले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र संगठित अन्तर्राष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने उल्लेख गर्दै बहुपक्षीय सहभागीतामा आयोजित यस अन्तरक्रिया कार्यक्रमले मानव बेचबिखनको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न प्रभावकारी भूमिका खेल्ने बताए ।

विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजातहरू प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको उनले बताए ।

त्यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई समयसापेक्ष परिमार्जन गर्दै सूचना संकलन प्रणालीलाई थप विस्तार, सीमा क्षेत्रमा थप निगरानी, जोखिममा रहेका यात्रुहरूको प्रोफाइलिङ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थाहरू माथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?