+
+
Shares

महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा कांग्रेसले प्रचार सामग्री नराख्ने

महाधिवेशन उद्घाटन स्थल खुलामञ्च बाहेक उपत्यकाका अन्य स्थानमा प्रचार सामग्री नराख्ने जानकारी गराइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १३:१५

१४ असोज, काठमाडौं । नेपाली कांग्रेस महाधिवेशन स्थलबाहेक क्षेत्रमा प्रचार प्रसारका सामग्री नराख्ने  भएको छ । महाधिवेशन उद्घाटन स्थल खुलामञ्च बाहेक उपत्यकाका अन्य स्थानमा प्रचार सामग्री नराख्ने जानकारी गराइएको छ ।

कांग्रेसका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार खुलामञ्च क्षेत्र बाहेक स्थानमा पर्चा, पम्पलेट, आकाशे पुलमा व्यानर लगायका प्रचार सामग्री राखिने छैन । ‘सामाजिक सञ्जालमा प्रचार प्रचारका कन्टेन्टहरु राख्छौं । उद्धघाट्न स्थल भन्दा बाहिर काठमाडौं, भक्तपुर र ललितपुरमा महाधिवेशन लक्षित प्रचार सामग्री राख्दैनौं ।’ विगतमा उपत्यका भरि प्रचार प्रसारका सामग्री राख्ने प्रचलन थियो ।

कांग्रेसको १५ औं महाधिवेशन १८ असोजबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?