१४ असोज, काठमाडौं। वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्। भिडियो डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
डा. अधिकारीकै शब्द रचना रहेको ‘मुटुसँग खेल खेल्यौ’ गीतमा अष्ट लामाको संगीत र गायिका गंगा सोनामको स्वर रहेको छ। सुनिल पाण्डेको निर्देशनमा तयार भएको यस गीति भिडियोमा सोनी लगुन, प्रवीण डीसी तथा राजेश श्रेष्ठले अभिनय गरेका छन्। गीति भिडियोको छायांकन काठमाडौं उपत्यका वरपरका रमणीय स्थानहरूमा गरिएको छ।
‘मुटुसँग खेल खेल्यौ’ गीतमा प्रेम र वियोगका सूक्ष्म अनुभूतिलाई प्रस्तुत गरिएको छ।
नियात्रा, कविता तथा गीतका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डा. अधिकारीका ‘सिरिरिरी बतासै चल्यो लै लै’ तथा ‘म पागल होइन’ जस्ता गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन्।
प्रतिक्रिया 4