+

पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता (तस्वीरहरू)

२०८३ असोज  १४ गते १७:१३ २०८३ असोज १४ गते १७:१३

जापानमा भएको २०औं एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

१४ असोज, काठमाडौं । जापानमा भएको २०औं एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

थाइ एयरमार्फत नेपाली टोली बुधबार दिउँसो स्वदेश फर्किएको हो । दुई दिनअघि आउने तय भएपनि थाइल्यान्डमा बाढीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहतासहितको टोलीले स्वागत गरेको थियो । नेपालले थाइल्यान्ड र श्रीलंकालाई हराएर सेमिफाइनल पुग्दै कांस्य पदक हात पारेको थियो ।

नेपाल सेमिफाइनलमा भने भारतसँग पराजित हुन पुग्यो । नेपाली महिला कबड्डीले यसअघि १९औं एसियन गेम्समा पनि कांस्य पदक जितेको थियो ।

तस्वीरहरू

२०औं एसियन गेम्स महिला कबड्डी टिम
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय