+
+
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्स सीईओ क्षेत्री अन्तर्राष्ट्रिय बीमा संस्था उपाध्यक्ष निर्वाचित

यससँगै सीईओ क्षेत्री उक्त अन्तर्राष्ट्रिय संस्थाको कार्यकारी ट्रस्टी बोर्ड सदस्य समेत बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १८:४८

१४ असोज, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री ‘विकासशील देशहरूका बिमक तथा पुनर्बिमकहरूको संघ’ (एआईआरडीसी) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

जिम्बाब्वेको हरारेस्थित रेन्बो टावर्स होटलमा सेप्टेम्बर २८ मा सम्पन्न संस्थाको साधारणसभाले उनलाई उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । यससँगै उनी उक्त अन्तर्राष्ट्रिय संस्थाको कार्यकारी ट्रस्टी बोर्ड सदस्य समेत बनेका छन् ।

विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने र बीमा क्षेत्रको विकास एवं विस्तार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसाथ एआईआरडीसी स्थापना भएको हो ।

क्षेत्री यस संस्थाको उच्च तहमा निर्वाचित भएसँगै नेपालको बीमा क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व र सहकार्यको नयाँ अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले संस्थाका उद्देश्य प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई समेत एआईआरडीसीको सदस्यता लिन प्रोत्साहित गर्ने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

संस्थाको आगामी ट्रस्टी बोर्ड बैठक सन् २०२७ अप्रिल ६ मा फिलिपिन्सको मनिलामा आयोजना हुने तय भएको छ ।

यसैगरी २०२८ मा काठमाडौंमा आयोजना हुन गइरहेको २५औं एआईआरडीसी सम्मेलनको ‘स्थानीय आयोजक समिति’ को अध्यक्षको जिम्मेवारी पनि क्षेत्रीले नै सम्हाल्ने भएका छन् ।

उनको नेतृत्वमा उक्त अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गर्न नेपाल र सदस्य राष्ट्रबीच समन्वय र सहकार्य थप सुदृढ पारिने बताइएको छ ।

आफ्ना सीईओले अन्तर्राष्ट्रिय स्तरको गरिमामय संस्थाको उपाध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेकोमा सलिकोले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?