+
+
Shares

फ्लाई दुबई घटनाबारे नेतन्याहुलाई ट्रम्पको फोन, भारतीय पाइलटलाई दिए ‘हिरो’ को संज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते ७:५०

१५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईको उडानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग फोनमा कुराकानी गरेका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहुले उनलाई विमानभित्र भएको घटनाबारे जानकारी गराएको बताए ।

उनका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन र नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए।

ट्रम्पले घटनालाई ‘अत्यन्तै हैरान पार्ने कहानी’को संज्ञा दिँदै सह-पाइलट सम्भवतः आतंकवादी भएको वा उनको मानसिक अवस्था ठीक नभएको हुन सक्ने बताएका छन्।

यद्यपि, घटनाको वास्तविक कारणबारे आधिकारिक रूपमा पुष्टि भइसकेको छैन।

ट्रम्पले घटनाका क्रममा आक्रमणमा परेका भारतीय पाइलटको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका छन्।

घटना बुधबार दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाई दुबईको विमानमा भएको हो। उडान भरेको करिब दुई घण्टापछि विमानले आफ्नो निर्धारित मार्ग परिवर्तन गर्दै साउदी अरबतर्फ मोडिएर त्यहाँ अवतरण गरेको थियो।

विमानको ककपिटमै एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको बताइएको छ। आक्रमणमा परेका पाइलट स्मित मच्छर भारतीय नागरिक रहेको जनाइएको छ।

घटनाको पछाडि रहेको भनिएको उद्देश्य भने अझै स्पष्ट हुन सकेको छैन।

-बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?