१५ असोज, काठमाडौं । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १०२ किलोभन्दा बढी गाँजासहित जिप र मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित बा १४ च २९४ नम्बरको जिप र स ६ प ४८५९ नम्बरको मोटरसाइकल बरामद गरेको हो।
२६ वटा बोरामा प्याक गरिएको गाँजाको तौल करिब १ हजार १०२ किलो ६५५ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूले गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4