+
+
Shares

रास्वपाबाट आएकी शर्मा र लोसपाबाट आएका मिश्र चुनिए कांग्रेस प्रतिनिधि

मधेशमा रास्वपाको संस्थापक ममता शर्मा र लोसपाका पूर्व महासचिव मनिष मिश्र चुनावअघि कांग्रेस प्रवेश गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १४:२६

१५ असोज, काठमाडौं । चुनावअघि नेपाली कांग्रेस प्रवेश गरेका दुई जना केन्द्रीय नेता १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिएका छन् ।

मधेशमा रास्वपाको संस्थापक ममता शर्मा र लोसपाका पूर्व महासचिव मनिष मिश्र चुनावअघि कांग्रेस प्रवेश गरेका थिए । सभापति गगन थापाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । मिश्र सर्लाही–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । यो क्षेत्र गत निर्वाचनमा सभापति थापा उम्मेदवार बनेको क्षेत्र हो ।

केन्द्रीय सदस्य ममता शर्मा बारा–१ बाट सर्वसम्मत प्रतिनिधि चयन भएकी हुन् । बाराको सबै पालिकामा विवाद नभई प्रतिनिधि चयन भएको शर्माले जानकारी गराइन् । ३५ वर्ष उमेर समूह मुनिबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?