१९ असोज, काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ घटेको छ ।
हिजो आइतबार प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।
आज सुन तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको भाउ भने प्रतितोला ४० रुपैयाँ बढेको छ ।
आइतबार प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ४ हजार ४ सय ३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4