+
+
Shares

पार्टीमा सबैभन्दा बलियो सभापति बन्नु हुँदैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १८:५३

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गरेका छन् ।

सोमबार काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो प्रश्ताव गरेका हुन् । निर्वाचन प्रक्रियाका लागि जुन ठाउँको उम्मेदवार छान्नुपर्ने हो सोही ठाउँका सदस्यले छान्न पाउनुपर्ने उनको प्रस्ताव छ ।

उहाँले पार्टीमा सबैभन्दा बलियो सभापति नभई पार्टी सदस्य हुनुपर्ने गरी पार्टीको अगामी नीति र कार्यदिशा तय गर्नुपर्ने बताए । पार्टीको सभापति समेत महाधिवेशनबाट नभई पार्टीका सम्पूर्ण सदस्यले छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘पार्टीमा सबैभन्दा बलियो सभापति बन्नु हुँदैन । पार्टीको भूइँतहको सदस्य सबैभन्दा बलियो हुनुपर्छ । कांग्रेस भनेको क्रियाशील सदस्यता लिएको मान्छे मात्र होइन । काँग्रेसको सदस्यता नलिएको तर कांग्रेसलाई माया गर्ने मानिसहरुले आफूले चाहेको बेला पार्टीलाई आफ्नो कुरा भन्न पाउनुपर्छ । हामीले थोरै मान्छेले एक अर्कालाई छानेर नेतृत्वमा आउने काम गर्यौं । यसलाई फुकाऔं अब, यो प्रक्रियालाई तल लैजाऔं,’ उनले भने ।

सभापति थापाले पार्टीको कार्यकारी समितिले गरेको निर्णयलाई पार्टी सदस्यले अनुमोदन गर्ने व्यवस्था गर्नुपर्ने पनि बताए । उनले महाधिवेशन सम्पन्न भइसकेपछि सबैको सदस्यता अद्यावधिक गर्नेतर्फ जानुपर्ने बताए ।

‘मैले यसमा केही कुरा भनेको छु । एउटा, अब चुनावको उम्मेदवार काठमाडौंले छान्दैन । अब जुन ठाउँको उम्मेदवार छान्ने कुरा त्यहीँ ठाउँको पार्टी सदस्यसँग रहन्छ । पार्टीको सदस्यलाई बलियो बनाऔं,’ उनले भने, ‘पार्टीको नीति निर्माणमा पनि पार्टीको समितिले कुनै निर्णय गर्यो । तर निर्णय गर्ने अधिकार पार्टीको समितिसँग मात्र रहनु हुँदैन । तल्लो तहको कार्यकर्ताले पनि निर्णय प्रक्रियामा भाग लिन पाउनुपर्छ । त्यसकारण हामीले यो महाधिवेशन सकिसकेपछि सबैको सदस्यता अद्यावधिक गरौं । त्यसो गर्दा हामीसँग आठ लाख कार्यकर्ताको रेकर्ड हुन्छ । अब चुनावको उम्मेदवार छान्नको लागि ढ्वाङ थाप्नु पर्दैन ।’

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?