+
+
Shares

डा. मिनेन्द्र रिजालले उपसभापतिमा प्रतिस्पर्धा गर्ने

आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडिमात्रै रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ११:१४

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

उनले आज बिहान आफ्नो निवासमा आफू निकटका नेता–कार्यकर्ताहरुसँगको छलफलमा सो जानकारी गराएका हुन् ।

डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । त्यतिबेलैदेखि उनले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो । तर रिजाल आफैंले भने आफूलाई कुनै पनि पदको आकांक्षा नभएको बताएका थिए ।

कांग्रेसको १५ औँ महाधिवेशनमा आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडिमात्रै रिजालले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् ।

१४ औँ महाधिवेशनमा उनी महामन्त्री पदमा पराजित भएका थिए । पराजित भएपछि उनले रक्षामन्त्री पदबाट राजीनामा समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?