+

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालका टीटूके र होरा एकै समूहमा

२०८३ असोज  २० गते १३:२१ २०८३ असोज २० गते १३:२१

२० असोज, काठमाडौं । नेपालका दुई ईस्पोर्टस टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन् ।

आउँदो अक्टोबर २० देखि पाकिस्तानमा हुने प्रतियोगिताका लागि सोमबार राति भएको ‘ड्र’ बाट नेपालका दुई टोली एकै समूह ‘ए’ मा परेका हुन् । दुवै टोली काठमाडौंमा भएको साउथ एसिया फाइनलमार्फत मुख्य प्रतियोगिताका लागि छनोट भएका थिए ।

समूह ए मा होरा र टीटूकेसँगै फोके, अल उला, गीक, एसटूजी, एसपी, बीटीआर, एकेजी, एसएलबी, आरओडब्लु, आईएनएफ, आर एः, ओल्ड नट, एचसी अनि पब्जी मोबाइल पाकिस्तान ‌ओपन (पीएमपीओ) बाट आएको शीर्ष टोली रहनेछ ।

समूह बी मा १८ ईस्पोर्ट्स, आरएट, सीएस, आईकर्ड, भीपीई, एई, आरईजी, बीयूएफ, यूएलएफ, अल्फा सेभेन, एमजीएलजे, भीसिएस, फोर थ्राइभ्स, नेक्स्ट र पीएमपीओबाट आएको दोस्रो टोली रहनेछ ।

नेपालमा भएको साउथ एसिया फाइनल्सको उपाधि भने पाकिस्तानको फोर थ्राइभ्स (फोटी) ईस्पोर्ट्सले जितेको थियो । फोर थ्राइभ्सले २०९ अंकसहित शीर्षमा रहेर उपाधि जित्दा टीटुके दोस्रो अनि होरा तेस्रो बनेको थियो ।

नेपालकै हिडन लिफ ईस्पोर्ट्स टिम भने चौथो स्थानमा रह्‍यो । नेपालको अर्को टोली टीजीबी आठौं स्थानमा रह्‍यो ।

टीटूके पब्जी मोबाइल ग्लोबल ओपन होरा ईस्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय