+
+
Shares

कास्कीमा भारी वर्षा, धेरै ठाउँमा मध्यम

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ७:३५

२१ असोज, काठमाडौं । कास्कीमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको मालेपाटन केन्द्रमा ६० मिलिमिटर वर्षा मापन भएको छ । यसलाई भारी वर्षा भएको मानिन्छ । यस्तै, कास्कीकै पोखरा स्टेशनमा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाका अनुसार काठमाडौं, ललितपुर, चितवन, काभ्रेसहित देशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । आज पनि केही स्थानहरुमा भारीदेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

२४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । १० देखि ५० मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ ।

यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?