+
+
Shares

विश्वप्रकाश शर्माले भने- जित्दै गर्दा मुस्कुराउने, हार्दा पनि माला लगाइदिने कांग्रेस बनाऔँ

‘यो हलबाट निस्किँदा जाँदा कसले कुन पद लिएर जान्छौँ, त्यो बेला मेरै साथी जितेको छ भन्ने भाव लिएर जानुछ,’ शर्माले भने।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १७:३४

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनबाट गुनासो र निराशा होइन, आपसी एकता र सद्भावको भावना लिएर बाहिरिनुपर्ने बताएका छन्।

महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै शर्माले कांग्रेसभित्र चुनावी प्रतिस्पर्धा भए पनि त्यसलाई व्यक्तिगत वैमनस्यमा परिणत गर्न नहुने बताए।

‘जित्दै गर्दा पनि मुस्कुराउँछ, हार्दै गर्दा माला लगाइदिन्छ,’ शर्माले भने, ‘हामी उत्तर भएको कांग्रेस बनाऔँ, गुनासो भएको कांग्रेस होइन। निराश भएको कांग्रेस बनाउँदैनौँ।’

उनले महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित भएर जाने नेताहरूले आफू विजयी भएकोभन्दा पनि आफ्नै साथी विजयी भएको अनुभूति गर्नुपर्ने बताए।

‘यो हलबाट निस्किँदा जाँदा कसले कुन पद लिएर जान्छौँ, त्यो बेला मेरै साथी जितेको छ भन्ने भाव लिएर जानुछ,’ शर्माले भने।

शर्माले महाधिवेशनलाई पार्टीभित्रको प्रतिस्पर्धासँगै आपसी सम्बन्ध र एकता बलियो बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?