+
+
Shares

दसैंमा लिङ्गे पिङ बनाउन १५ लाख खर्चंदै पर्यटन बोर्ड

देशका विभिन्न स्थानमा १ सय वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १५:४२

२२ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले दसैंका अवसरमा लिङ्गे पिङ निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

देशका विभिन्न स्थानमा १ सय वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ । यस वर्ष पर्यटन सम्पदा विकासतर्फ बोर्डले भारततर्फका विभिन्न नाकामा नमस्ते सेन्टर वा सोही प्रकृतिको सूचना केन्द्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि १ करोड २० लाख रुपैयाँ बजेट राखेको छ ।

संखुवासभा शिवाधारा पदमार्गको बेसक्याम्पदेखि हाई क्याम्प जोड्न सुरक्षित पदमार्ग बनाउन बजेट राखिएको छ । खप्तडमा पर्यटक घर उद्घाटन र सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।

बडीमालिकामा पर्यटकीय सेल्टर निर्माण र सञ्चालन गर्नसमेत बजेट विनियोजन गरिएको छ । बोर्डले सगरमाथा आरोहणको वैकल्पिक मार्ग विकासमा ३० लाख बजेट राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?