+
+
Shares

क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार

योसँगै सन् २०१३ मा एलिस मुनरो र सन् १९७६ मा साउल बेलोपछि उनी नोबेल पुरस्कार जित्ने तेस्रो क्यानेडियन मूलकी लेखक बनेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १७:१९

२१ असोज, काठमाडौं । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

योसँगै सन् २०१३ मा एलिस मुनरो र सन् १९७६ मा साउल बेलोपछि उनी नोबेल पुरस्कार जित्ने तेस्रो क्यानेडियन मूलकी लेखक बनेकी छिन् ।

उनलाई ‘शास्त्रीय परम्परासँगको क्रीडात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसी र नवीन कार्यका लागि’ यो पुरस्कार दिइएको हो ।

साहित्य क्षेत्रको यो प्रमुख सम्मान सामान्यतया लेखकको करियरको सर्वोच्च उपलब्धि मानिन्छ ।

विगतका विजेताहरूमा कवि डब्लुबी येट्स र लुइस ग्लुक, नाटककार ह्यारोल्ड पिन्टर र सेमुअल बेकेट, तथा उपन्यासकार हान काङ र टोनी मोरिसन समावेश छन् । सन् २०१६ मा बब डिलन र सन् १९५३ मा विन्स्टन चर्चिलले पनि यो पुरस्कार पाएका थिए ।

विगतका धेरै विजेताहरू पुरुष भएको आलोचनापछि स्विडिश एकेडेमीले हालैका वर्षहरूमा विजेताहरूको विविधता बढाउने प्रयास गरेको छ ।

सन् २०१८ देखि एकेडेमीले पालैपालो पुरुष र महिला लेखकहरूलाई यो पुरस्कार दिँदै आएको छ । गत वर्षको पुरस्कार हंगेरीका उपन्यासकार लास्लो क्रास्नाहोर्काइले पाएका थिए । त्यसैले समीक्षकहरूले यस वर्ष कुनै महिला लेखकले यो सम्मान पाउने अपेक्षा गरेका थिए ।

यद्यपि एकेडेमीकी स्थायी सचिव इन्ग्रिड कार्लबर्गले स्विडिश समाचार माध्यमहरूसँगको अन्तर्वार्तामा सदस्यहरूले निर्णयका क्रममा लिङ्गबारे विचार नगरेको दाबी गरिन् । उनले यसलाई साहित्यिक पुरस्कारको रूपमा लिएकी छिन् ।

पुरस्कार घोषणा हुनुअघि कार्सन र चिनियाँ अवान्त–गार्ड लेखिका क्यान सुएलाई मुख्य दावेदार मानिएको  थियो । नोबेल पुरस्कारलाई नजिकबाट पछ्याईरहेका केही पत्रकारहरूले भने अन्य सम्भावित विजेताहरूको नाम पनि सुझाएका थिए ।

नोबेल विजेताले १२ मिलियन स्विडिश क्रोनर पाउनेछन् । यो रकम लगभग १.२ मिलियन डलर बराबर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?