+
+
Shares

यतीको उडानमा अपर क्लास भाडा बन्द, फर्कने उडानमा न्यून भाडा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १८:४४

२२ असोज, काठमाडौं । यती एयरलाइन्सले दशैंलाई मध्यनजर गर्दै काठमाडौंबाट जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ ।

दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ । फर्कने उडानमा भने न्यून मूल्यमै भाडा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार संसारका विभिन्न भागमा भएको युद्धका कारण यस वर्ष हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ बाट बढेर २४९ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै महँगो हो । यही कारण गत वर्षझैं सुलभ दरमा भाडा उपलब्ध गराउन नसकिएकोमा कम्पनीले दुःख व्यक्त गरेको छ ।

यती एयरलाइन्सले बडादशैं २०८३ को अवसरमा सम्पूर्ण यात्रु तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना पनि व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?