+
+
Shares

१८ वर्षको घटनाका दुई जना हत्या आरोपी पक्राउ

पक्राउ परेकाहरूमाथि त्यो बेला तत्कालीन धकधई गाविस–८ का ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते २२:०२

२२ असोज, काठमाडौं । रुपन्देहीमा १८ वर्षअघिको हत्या घटनामा संलग्नताका दुई जना आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रह्लाद कुमी र सोही ठाउँमा ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी छन् ।

प्रहरीका अनुसार हत्या घटना २०६५ मंसिर ६ गते भएको थियो ।

पक्राउ परेकाहरूमाथि त्यो बेला तत्कालीन धकधई गाविस–८ का ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या गरेको आरोप छ ।

राजभरको पछाडि गलबन्दीले हात बाँधी कन्चटमा गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनीहरू रुपन्देही जिल्लामै लुकिछिपी बसेको अवस्थामा रहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

पक्राउपछि दुबै जनालाई बिहीबार रुपन्देही जिल्ला अदालतमा पेस गरेर थप अनुसन्धान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?