+
+
Shares

अल्पसंख्यक समुदायका माग र मुद्दा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री बादी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १४:०१

२३ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र मुद्दाहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

लैङ्गिक पहिचान, स्वास्थ्य, मानव अधिकार लगायत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील संस्था नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को २५औं वार्षिकोत्सव समारोहमा उनले यस्तो बताएकी हुन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले सम्बोधन र सम्मान गरेको बताउँदै मन्त्री बादीले सरकारले प्रभावकारी कामहरू योजनावद्ध रूपमा अघि बढाएको जानकारी दिइन ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालले कानुनी रूपमा समुदायले ऐतिहासिक उपलब्धि हासिल गरेको बताए । उनले सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयन जरुरी रहेको औंल्याए ।

उनले सर्वोच्च अदालतले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक अधिकारको आगामी कानुनी खाका कोर्न व्यवस्थापिका र कार्यपालिकालाई ध्यानाकर्षण गराएको उल्लेख गरे ।

नेता गणेश साहले पहिलो संविधान सभामा समूदायका अधिकार पहिलो पटक संसदमा उठाएको अनुभव सुनाउँदै समूदायका व्यक्तिहरू विजयीको यात्रामा रहेको उल्लेख गरे ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले २५ बर्षमा भोगेका अनुभवहरू सुनाउँदै अबको २५ वर्षको योजनाहरू बनाएर अघि बढ्नुपर्ने औल्याइन् ।

उनले अधिकारका लागि सर्वोच्च अदालतदेखि संसद्‍सम्म धाउँदा भोगेका समस्याहरू सुनाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?