+
+
Shares

तारेख बुझ्न काठमाडौं जिल्ला अदालतमा रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
  • स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा मुद्दा चलेका लामिछाने बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर छुटेका थिए ।
  • उनी यसअघि पनि पटकपटक अदालत उपस्थित भएर तारेख बुझिरहेका थिए ।

२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

उनी तारेख बुझ्न अदालत पुगेका हुन् ।

सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्नका लागि उनी काठमाडौं अदालत पुगेका हुन् ।

यसअघि पनि उनी पटकपटक अदालत उपस्थित भएर आफ्नो तारेख बुझिरहेका थिए ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो ।

उक्त मुद्दामा उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?