News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका अतिरिक्त सचिव मुनु महावारबीच आज काठमाडौंमा शिष्टाचार भेट भएको छ।
- भेटमा नेपाल–भारतबीचका आपसी हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
- उनीहरूले नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध थप गहिरो र सुदृढ बनाउने उपायबारे छलफल गरेका छन्।
२३ असोज, काठमाडौं । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा आज उनीहरूबीच शिष्टाचार भेट भएको हो ।
भेटवार्ताका क्रममा उनीहरूबीच आपसी हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप गहिरो र सुदृढ बनाउने उपायबारे पनि छलफल भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4