२३ असोज, काठमाडौं । काठमाडौं प्रहरीले गोकर्णेश्वरमा वृद्धाको घाँटीबाट तिलहरी लुटपाट गरेको आरोपमा एक जना व्यक्ति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई काठमाडौंको माकलबारी बस्ने २९ वर्षीय सुनील सुनार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो ३:२४ बजेतिर गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित आफ्नै घर अगाडि उभिएकी वृद्धाको घाँटीमा लगाएको चार आना सुनको तिलहरी लुटपाट भएको थियो । उक्त तिलहरीको मूल्य ७५ हजार बराबर रहेको प्रहरीकहाँ दाबी गरिएको छ ।
सो लुटपाटमा संलग्न व्यक्ति खोजतलास गर्दै जाँदा सुनार रहेको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4