News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक निफ्राका लागि कर्जा र जीडीपी अनुपातका आधारमा काउन्टर साइक्लिकल बफरको सीमा बढाएको छ।
- नयाँ निर्देशनअनुसार ५.७५ प्रतिशत अन्तरमा ०.५ प्रतिशतदेखि १५ प्रतिशतभन्दा माथि २.५ प्रतिशतसम्म अतिरिक्त पुँजीकोष कायम गर्नुपर्नेछ।
- केन्द्रीय बैंकले चालु आर्थिक वर्षका लागि कुनै पनि बैंक वित्तीय संस्थालाई काउन्टर साइक्लिकल बफर कायम गर्न नपर्ने व्यवस्था गरेको छ।
२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा)को हकमा काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने सीमा बढाएको छ । केन्द्रीय बैंकले कुल कर्जा र कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपात अन्तर बढाएको हो ।
केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै कर्जा र जीडीपी अनुपात ५ देखि १५ प्रतिशतसम्म फरक परेको खण्डमा यस्तो अतिरिक्त पूँजी कोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१८ संशोधन गर्दै अन्तरदर बढाएको हो ।
केन्द्रीय बैंकले कर्जा र जीडीपीको अनुपात ५ प्रतिशत विन्दु अन्तर छ भने काउन्टर साइक्लीकाल अर्थात् अतिरिक्त पुँजी कोषको व्यवस्था गर्नु पर्दैन । तर, त्यस्तो अन्तर ५.७५ प्रतिशत विन्दुको भएको खण्डमा ०.५ प्रतिशत अतिरिक्त पुँजी थप गर्नु पर्छ । त्यसैगरी ७.५ देखि १० प्रतिशत विन्दु अन्तर भएमा १ प्रतिशत, १० देखि १२.५ को अन्तरमा १.५, १२.५ देखि १५ प्रतिशत विन्दुले फरक भएको खण्डमा २ र १५ प्रतिशत भन्दा धेरै कर्जा र जीडीपीको अनुपात कायम भएका २०५ प्रतिशत अतिरिक्त पुँजीकोषको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको हो ।
यसअघि जीडीपीको अनुपात ५ प्रतिशत विन्दु अन्तर छ भने काउन्टर साइक्लिकल अर्थात् अतिरिक्त पुँजी कोषको व्यवस्था गर्नु पर्दैनथ्यो । तर, त्यस्तो अन्तर ५ देखि ६ प्रतिशत विन्दुको भएको खण्डमा ०.५ प्रतिशत अतिरिक्त पुँजी थप गर्नुपर्छ । त्यसैगरी ६ देखि ७ प्रतिशत विन्दु अन्तर भएमा १ प्रतिशत, ७ देखि ८ को अन्तरमा १.५, ८ देखि ९ प्रतिशत विन्दुले फरक भएको खण्डमा २ र ९ प्रतिशत भन्दा धेरै कर्जा र जीडीपीको अनुपात कायम भएका २.५ प्रतिशत अतिरिक्त पुँजीकोषको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको हो ।
हाल बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पूँजीकोष र साढे २ प्रतिशत सहायक पूँजीकोष गरी ११ प्रतिशत पूँजीकोषमा कायम गर्दै आएकोमा थप बफर पूँजीकोष कार्यन्वयनमा गर्न खोजेको छ । तर, यो व्यवस्था कार्यान्वयनका लागि कर्जाको वृद्धिदर र जीडीपीको आकारको अनुपातलाई हेरेर मात्र राख्नुपर्ने हुन्छ । कर्जा धेरै प्रवाह भएको छ र जोखिम बढेको छ भने प्राथमिक पुँजी अन्तर्गत थप २.५ प्रतिशत पुँजी कोष बढाउन पर्ने व्यवस्था हो ।
केन्द्रीय बैंकले शुक्रबार देखि लागू गरेको निफ्राको काउन्टर साइक्लिकल लागू हुने कर्जा र जीडीपी अनुपात वाणिज्य बैंकहरुको हकमा यसअघि नै लागु गरिसकेको छ । तर, कुनै पनि बैंक वित्तीय संस्थाले काउन्टर साइक्लीकलको व्यवस्था चालु आर्थिक वर्षका लागि पनि कायम गर्न नपर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ । केन्द्रीय बैंकले काउन्टर साइक्लिकल बफर सम्बन्धी व्यवस्था कोरोना महामारीको समयमा स्थगित गरेको अझै पनि कार्यान्वयन नगरी सार्दै आएको छ ।
प्रतिक्रिया 4