+
+
Shares

भुटानी शरणार्थीको घर फिर्तिकालागि पहल गर्ने प्रस्तावित राजदूतको प्रतिबद्धता

भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले भुटानी शरणार्थीको घर फिर्तिकालागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले संसदीय सुनुवाइमा ६ हजारभन्दा बढी भुटानी शरणार्थीको घर फिर्तीका लागि भुटान सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए ।
  • सरकारी तथ्यांकअनुसार नेपालमा हाल ६ हजार २७२ भुटानी शरणार्थी छन्, र उनीहरू मुख्यतया झापा र मोरङका शिविरमा बसिरहेका छन् ।
  • पाण्डेले भुटानी शरणार्थीको नागरिकता र अधिकारसम्बन्धी समस्या समाधान हुनुपर्ने र परिवार पुनर्मिलनका लागि पनि संवाद गर्ने बताए ।

२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले भुटानी शरणार्थीको घर फिर्तिकालागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

संसदीय सुनुवाइ समितिमा उनले यस्तो प्रतिवद्धता गरेका हुन्।  ‘६ हजार बढी भुटानीको घर फिर्तीको लागि भुटान सरकारसँग कुरा गर्नेछु’ पाण्डेले सुनुवाइ समितिको बैठकमा भने ।

भारतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको खण्डमा पाण्डेले भुटान पनि हेर्नेछन ।

सरकारी तथ्यांकअनुसार नेपालमा हाल ६ हजार २७२ जना भुटानी शरणार्थी रहेका छन् ।

भुटानी शरणार्थीहरू मुख्यतया झापा र मोरङ जिल्लामा रहेका शिविरहरूमा बस्दै आएका छन् ।

पाण्डेका अनुसार भुटानले नेपालीभाषी समुदायका मानिसलाई आफ्नो नागरिक नभएको भन्दै बाहिर पठाएको विषय लामो समयदेखि उठ्दै आएको छ । यस विषयमा नेपालको मानवीय र नीतिगत धारणा स्पष्ट हुनुपर्छ ।

‘हाम्रो धारणा उनीहरूको नागरिकता र अधिकारसम्बन्धी समस्या समाधान हुनुपर्छ भन्ने हो’ पाण्डेले भनेका छन्, ‘भुटानी मूलका नागरिकको जिम्मेवारी भुटानले लिनुपर्छ ।’

यस विषयमा नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ता भएका छन् । तर समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन । उनका नजरमा नेपालले आफ्नो मानवीय दायित्व र स्थापित नीतिअनुसार यस विषयलाई निरन्तर उठाउनुपर्छ ।

पुनर्वास भएर अस्ट्रेलिया, अमेरिका र अन्य देशमा पुगेका केही शरणार्थीका आफन्त अझै शिविरमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘कतिपय व्यक्ति आफ्ना श्रीमान्, श्रीमती, बुबाआमा वा छोराछोरीसँग भेट्न चाहन्छन्, तर विभिन्न कारणले त्यसो गर्न सकेका छैनन् ।’

परिवार पुनर्मिलनका यस्ता समस्यामा पनि पहल गर्न आवश्यक रहेको भन्दै उनले भनेका छन्, ‘राजदूतका रूपमा यस विषयमा सम्बन्धित निकायसँग संवाद गर्ने प्रयास गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?