+
+
Shares

अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन

बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही ११ असोजदेखि अवरूद्ध भएको थियो ।

रासस रासस
२०८३ असोज २७ गते ६:२१
तस्वीर : सामाजिक सञ्जाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीले अवरुद्ध गलकोट–ताराखोला मुख्य सडक दुई सातापछि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
  • गलकोट र ताराखोलाबीच गाईघाट झरना नजिक सडकको ट्र्याक बग्दा यही ११ असोजदेखि यातायात सम्पर्कविच्छेद भएको थियो ।
  • सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको थियो ।

२७ असोज, बागलुङ । बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही ११ असोजदेखि अवरूद्ध भएको थियो ।

गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए ।

दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पुर्‍याएको थियो ।

बाढीले सडकको ट्र्याक बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्कविच्छेद भएको थियो ।

सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।

सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?