News Summary
Generated by OK AI. Editorially reviewed.- जोन सिनाले गत डिसेम्बरमा रिङबाट सन्न्यास लिने निर्णय गरेको र उनले डब्ल्यूडब्ल्यूईमा करिब २४ वर्ष बिताएर १७ पटक विश्व च्याम्पियनसिप जितेका छन्।
सानै उमेरदेखि जोन सिनाको मनमा एउटै धुन सवार थियो- रेस्लिङ ।
घरमै कागजको बेल्ट बनाएर कम्मरमा बाँध्दै विश्व च्याम्पियन बनेको सपना देख्ने तिनै साना बालक पछि गएर विश्व प्रसिद्ध रेस्लिङ स्टार बने । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) मा करिब २४ वर्ष बिताएका सिनाले १७ पटक विश्व च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गराए ।
गत डिसेम्बरमा उनले रिङबाट सन्न्यास लिने निर्णय गरे ।
उमेर ५० को हाराहारीमा पुग्दा शरीर पहिलेजस्तो चुस्त नरहेको र मांसपेशी पनि घट्दै गएको उनले महसुस गरे । अझै खेलिरहे स्वास्थ्यमा गम्भीर असर पर्न सक्थ्यो । त्यसैले, आफ्नो बाल्यकालको सपनाभन्दा पनि धेरै सफलता पाइसकेका उनले सही समयमै खेलबाट बिदा लिने बुद्धिमानी रोजे ।
तर कुनै समय उनको समय असाध्यै कठिनाइले भरिएको थियो । पाँच दाजुभाइको परिवारमा हुर्किएका सिनाले बाल्यकालमा धेरै आर्थिक उतारचढाव भोगे । त्यही अनुभवले उनलाई जीवनमा आउने जोखिमहरूसँग जुध्न र सुरक्षाको महत्त्व बुझ्न सिकायो ।
कामकै कारण उनले लामो समयसम्म विमानस्थल, जिम र रेस्लिङ रिङबाहेक केही देख्न पाएका थिएनन् । अचेल उनी फुर्सद निकालेर आरामले कफी पिउँछन् । कफी तयार पार्दा दिइने ध्यानबाट उनी जीवनलाई विस्तारै र गहिरो गरी नियाल्ने प्रयास गर्छन् ।
विगत ३७ वर्षदेखि उनको दैनिकीमा जिम कहिल्यै छुटेको छैन । शल्यक्रिया गर्दाबाहेक उनले ५ दिनभन्दा बढी विश्राम लिएका छैनन् । जिम उनको जीवनको एउटा निरन्तर अनुशासन बनेको छ । उनलाई सानैदेखि कारहरूप्रति छुट्टै मोह थियो । साना खेलौना कार संकलन गर्ने र तिनैमा हराउने उनको बानी थियो ।
अभिनयतिर पाइला
रेस्लिङबाट निस्किएपछि सिनाले अभिनय यात्रालाई अघि बढाए । हालै मात्र एप्पल टिभीमा उनको नयाँ फिल्म म्याचबक्स: द मुभी आएको छ । यो फिल्ममा उनी मुख्य भूमिकामा छन् ।
उसो उनले द मरीन पनि गरिसकेका छन् । यस पटक उनी गुप्तचर एजेन्टको भूमिकामा देखिँदै छन् । यो फिल्मको प्रोमोसनका क्रममा एक पटक उनले अभिनय आफ्नो लागि बिल्कुलै नयाँ क्षेत्र भएको बताएका थिए ।
प्रतिक्रिया 4