+
+
Shares

स्पेनमा रहेका नेपालीको अवस्था जोखिमपूर्ण रहेको भन्दै पुनले गराए ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनमा करिब ८० हजार नेपाली गैरकानूनी र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै नेपाली दूतावासको श्रमिक सुरक्षा र कन्सुलर सेवा चुस्त बनाउन संसदीय सुनुवाइ समितिमा माग उठ्यो।
  • सांसद वर्षमान पुनले स्पेनमा औपचारिक अभिलेखमा ८ देखि ९ हजार मात्र नेपाली दर्ता भए पनि यथार्थ संख्या ७० देखि ८० हजार पुगिसकेको बताए।
  • उनले कागजातविहीन नेपाली श्रमिकलाई तेस्रो मुलुकका दलालले पाँचदेखि सात महिनासम्म बिनातलब काममा लगाएको भन्दै तत्काल कूटनीतिक पहलकदमी बढाउन आग्रह गरे।

२७ असोज, काठमाडौं । स्पेनमा झन्डै ८० हजार नेपाली पुगे पनि अधिकांश गैरकानूनी र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले श्रमिक सुरक्षा तथा कन्सुलर सेवालाई चुस्त बनाउनुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको छ ।

मंगलबार स्पेनका लागि प्रश्तावित राजदुत प्राप्ति शेरचनको सुनुवाइका क्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले स्पेनमा रहेका नेपालीहरू चरम श्रम शोषणमा परेको तथ्य औंल्याउँदै तत्काल कूटनीतिक पहलकदमी बढाउन आग्रह गरे ।

सांसद पुनका अनुसार स्पेन सरकार र नेपाली दूतावासको औपचारिक अभिलेखमा आठदेखि नौ हजार नेपाली मात्र दर्ता छन् ।

यद्यपि, पूर्वी युरोप हुँदै स्पेन प्रवेश गर्ने नेपालीहरूको यथार्थ संख्या ७० देखि ८० हजार पुगिसकेको अनुमान छ । यकिन तथ्याङ्कको अभाव र कागजातविहीन स्थितिका कारण नेपाली श्रमिकहरू गम्भीर श्रम शोषण तथा मानव तस्करीको चपेटामा पर्ने गरेको उनले बताए ।

तेस्रो मुलुकका दलालहरूले नेपालीहरूलाई कागजातविहीन बनाएर पाँचदेखि सात महिनासम्म बिनातलब खान मात्र दिएर काममा जोताएको पाइएको भन्दै उनले प्रश्तावित राजदूत शेरचनलाई कार्यभार सम्हालेपछि यस्ता समस्या समाधानमा केन्द्रित हुन सुझाव दिए ।

प्रश्तावित राजदूत शेरचनको संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय निकायमा लामो कार्यानुभव रहेको उल्लेख गर्दै पुनले उक्त अनुभवलाई स्पेनमा रहेका नेपाली श्रमिकको संरक्षण, द्विपक्षीय पर्यटन प्रवर्द्धन तथा वैदेशिक लगानी भिर्त्याउन उपयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?