+
+
Shares

विश्व बैंक र आईएमएफ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री बैंकक प्रस्थान

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन् ।
  • बैंककमा उनले उच्चस्तरीय प्लेनरी, मन्त्रीस्तरीय गोलमेच र द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
  • वाग्लेले प्राकृतिक प्रकोप र चरम मौसमी घटनाको पूर्वतयारीसम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

२७ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् ।

बैंकक बसाइमा अर्थमन्त्री वाग्लेले वार्षिक बैठक अन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

बैठक अवधिमा अर्थमन्त्री वाग्लेले आईएमएफ प्रबन्ध निर्देशक, विश्व बैंका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंक (एडीबी)  अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै द्विपक्षीय बैठकमा २०२७ मा शक्तिराष्ट्रहरूको अन्तरसरकारी फोरम (जी२०) को अध्यक्षता गर्ने बेलायतका विदेशमन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।

उनले आर्थिक विषयसँगै विपद् व्यवस्थापन प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?